storages

Recent Stories

Help today because tomorrow you may be the one who
needs more helping!

blog post
19-Sep-2010

SRI technology prevents the migration of Bed Pd. Upadhyaya

Bed Pd. Upadhya from Ramshikharjhala doubled his rice productivity by adopting new rice cultivation methods. This technology enabled him to stay in his village, eliminating the need for migration, which he previously relied on to support his family. Initially, he faced criticism from the community for adopting the System of Rice Intensification (SRI). However, when his yield more than doubled compared to traditional planting methods, he was overjoyed, and his neighbors were astonished. 

Mr. Upadhya, a 47-year-old marginalized farmer from Ramshikharjhala VDC Ward No. 9, Syaukaliya, has limited resources, owning only 5 katha (0.16 ha) of land. He has five daughters, the eldest of whom is married within the village. To support his family’s basic needs—food, shelter, and clothing—he migrates annually for work. After completing fieldwork in June, he leaves in search of employment and returns in May to transplant rice. During his time away, he works as a porter and watchman (locally known as Gorkha Kulli, Bhariya, and Chaukidar), earning around 3,000 IC (4,600 NC per month), with food and shelter included. By the end of May, he returns with approximately Rs. 20,000 to invest in farming.


However, his total income from migration and farming is insufficient to meet his family’s needs, forcing him to borrow money from landlords. In a good year, when there is no flooding, he produces around 1 metric ton (MT) of rice, 0.3 MT of wheat, and small quantities of lentils and oilseeds for household consumption. However, if floods occur, he loses the entire rice harvest, making his family's situation even more vulnerable. Upadhya is eager to adopt improved agricultural practices, but lack of access to resources and extension services is a major barrier, as the nearest agriculture service center is too far from his home.

 

When FAYA Nepal, through the European Union Food Facility Project (EUFFP), first introduced its program through an inception meeting in his community, Mr. Upadhya was overjoyed. He eagerly participated in farmer's field school training held in the nearby Pahalmanpur VDC, marking his first-ever exposure to improved agricultural technology.


Through this training, he gained valuable knowledge and applied techniques to increase vegetable production for his family. He also shared his learnings with neighbors, helping them cultivate vegetables using the improved methods and seeds provided by the project.

 

Later, when the EUFFP project decided to establish a new farmer’s field school in his VDC focusing on System of Rice Intensification (SRI) technology, he was thrilled. Excited by the opportunity, he personally proposed hosting the field school on his land and assured the project staff that he was willing to take any risks with the yield.

 

At first, the rice field caused Mr. Upadhya a great deal of frustration. His neighbors criticized him, saying he was putting his family's survival at risk due to starvation. On several occasions, his wife expressed her concerns to the senior project staff, asking how she could care for their young children if the productivity didn’t improve.


However, after 15 days of transplanting, when the first weeding was done using a weeder machine, the rice began to develop with growing promise. Day by day, the rice condition improved dramatically. The same neighbors who had criticized him now started to praise his efforts. Farmers from neighboring VDCs, along with technical staff and project personnel, visited his field repeatedly, curious about how he had managed to grow such a successful crop. Ultimately, his yield increased twofold, reaching approximately 9 MT/ha, compared to his previous average of 3.5 MT/ha.

 

During the Field Day celebration of the Farmer’s Field School (FFS), Mr. Upadhya shared that the job opportunities he used to seek in India could be created in his own village if the new rice cultivation technology were adopted. He further remarked, “In my over 30 years of farming experience, I have never seen so many tillers growing from a single seedling, nor such high rice productivity.” He promised not to migrate next year and urged his neighbors to stay in the village, adopt the new technology, and avoid seeking work in India.


He highlighted that System of Rice Intensification (SRI) is an efficient technology that requires less water, seed, fertilizer, and plant protection while significantly increasing yields. Promoting such technology, especially during the early season, could greatly benefit farmers like Bed P. Khatiwada, helping them avoid starvation caused by flooding during the main season.

 

However, there are challenges in adopting technology. The primary issue is the lack of irrigation facilities, which most farmers do not have access to. Without irrigation, the technology cannot be adopted effectively. Another challenge is the availability of weeder machines in the local market. Additionally, to promote SRI methods in the early season, farmers need access to early-maturing rice varieties.

 

SRI technology should be promoted using the Farmer’s Field School approach, with additional support for farmers in the form of weeders and irrigation. This would help them combat the hunger caused by flooding.

blog post
20-Feb-2013

विद्यालयको भवन सवलिकरणबाट सुरक्षित अध्ययन वातावरण

धनगढी नगरपालिका वडा नं. ७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरू अहिले सुरक्षित र भयमुक्त वातावरणमा अध्ययन गर्न पाउँदा अत्यन्तै खुसी छन्। यो परिवर्तन फाया नेपाल र अक्सफामद्वारा सञ्चालित शहरी जोखिम व्यवस्थापन परियोजना को सहयोगले सम्भव भएको हो।परियोजनाले विद्यालयको सबैभन्दा पुरानो र जिर्ण भवनलाई सवलिकरण (Retrofitting) गरी पुनः प्रयोगयोग्य बनाएको छ।

वि.सं. २०४६ मा निर्मित यो भवन विद्यालयका अन्य भवनहरूमध्ये सबैभन्दा जीर्ण अवस्थामा रहेको थियो। विद्यालयको विपद् जोखिम व्यवस्थापन योजना निर्माण गर्दा उक्त भवन भूकम्पीय जोखिमका कारण अत्यन्तै जोखिमयुक्त रहेको निष्कर्ष निकालिएको थियो। छलफलका क्रममा सवलिकरण (Retrofitting) गरी जोखिम न्यूनीकरण गर्न सकिने निर्णय गरियो। त्यसपछि, धनगढी नगरपालिका, विद्यालय व्यवस्थापन समिति, र शहरी जोखिम व्यवस्थापन परियोजनाको सहकार्यमा भवन सवलिकरण कार्य सम्पन्न गरियो।

शिक्षकको अनुभव: सुरक्षित भविष्यप्रति आशावादी

कक्षा १ का ग्रेड शिक्षक श्री मोहिका चौधरी भन्छन्, "निर्माण कार्यको सुरुवातमा पुरानो तथा जिर्ण भवनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने शंका थियो। तर, निर्माण कार्य अघि बढ्दै जाँदा प्रक्रियालाई नजिकबाट हेर्दा यसले भवनलाई बलियो र सुरक्षित बनाउने कुरामा ढुक्क भएँ। पहिले हुरीबतास चल्दा डर लाग्थ्यो, तर अब म र मेरा विद्यार्थीहरू ढुक्क छौँ।"

लागत प्रभावकारी उपाय: नयाँ भवनको तुलनामा कम लागत

धनगढी नगरपालिका कार्यालयका ईन्जिनियर द्धिज राज भट्टका अनुसार सवलीकरण गरिएको भवन जत्रै अर्को नयॉ भवन बनाउदा लाग्ने लागतको ३० देखि ३५ प्रतिसतमा भवन सवलिकरण गर्न सकिन्छ।उदाहरणका लागि, सवलिकरण गरिएको दुई कोठे भवन नयाँ निर्माण गर्दा रु ३० लाख लाग्ने अनुमान गरिएको थियो, तर सवलिकरण विधिबाट रु १० लाखमै कार्य सम्पन्न गर्न सकियो। यसमा परियोजनाले रु ८ लाख ५० हजार र नगरपालिकाले रु १ लाख ५० हजार आर्थिक योगदान प्रदान गरेका थिए।

उदाहरणीय सिकाइ केन्द्र

सवलिकरण गरिएको भवनले विद्यालयका विद्यार्थीहरूको सुरक्षा मात्र सुनिश्चित गरेको छैन, अन्य विद्यालय र समुदायका लागि पनि यो एक उदाहरणीय सिकाइ केन्द्र बन्न पुगेको छ। कैलाली जिल्लाका धेरै विद्यालय भवनहरू जोखिममा रहेका छन्। यदि सरोकारवाला निकायहरूले यस प्रकारको सवलिकरण कार्यलाई निरन्तरता दिएमा भूकम्पीय जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सवलिकरण केवल भवन पुनर्निर्माण प्रक्रिया मात्र होइन, यो बालबालिकाको सुरक्षित भविष्य निर्माण गर्ने अभियान हो!

blog post
29-Mar-2013

जमुनाले लिन सकिन् घटना दर्ता प्रमाणपत्रहरु

जमुना धनगढी नगरपालिको वडा नं स्थित देवहरिया माइतीको घरमा बस्दै आइरहेकी छिन्।उनी संग एउटी ३ वर्षकी छोरी छ।श्रीमान् लक्षमण चौधरी हासुलिया गाविस वडा नं. १ मा बस्छन्। 

उनि भन्छिन बिहे भएको वर्षमा वर्ष हसुलिया गाविस वडा नं. श्रीमान संग घरमा बस्दा वर्ष मात्रै राम्रो संग खाना बस्न पाइयो।त्यसपछिको समय दैनिक श्रीमानबाट हिंसाबाट पिडित भइराख्नु पथ्र्यो भने परिवारको सदस्य चाहि बास्ता गर्दैनथे।अन्त्यमा श्रीमान्ले नै ज्यान मार्ने धम्कि दिएपछि आफ्नो वर्षको छोरी लिएर माइतको घरमा  बस्दै आएकी छु

गाउँका दिदी बहिनीहरुको सहयोगमा फाया नेपाल अक्सफाम द्घारा संचालित महिला सशक्तिकरण केन्द«को बारेमा थाहा पाइन् र आफुले न्याय पाइन्छ कि भन्ने आसा सहित केन्द«मा सहभागि भइन्।निरन्तरकोको छलफल पछि मिति २०६९/१२/१६ गते नागरिकता, विवाहदर्ता, जन्मदर्ताको महत्व, आवश्यकता र बनाउने प्रकियामा छलफल भयो।छलफलपछि सबै सहभागिलाई नागरिकता , विवाहदर्ता र बच्चाको जन्मदर्ता छ छैन सोध्ने काम भयो र नभएको सहभागीहरुले तत्काल बनाउने कार्ययोजना बनाइयो।

सहभागिले कागजि प्रमाण नभएको समस्या बताउदा उनी पनि आफ्नो समस्या बताईन्।उनको समस्या माथि छलफल गर्दा कानुनी प्रकियामा अगाडि बढ्नका लागि उनी संग कुनै पनि कागजी प्रमाण नभएको पाइयो।कानुनी प्रकियामा अगाडि बढ्नका लागि कागजी प्रमाण बनाउन श्रीमान् बोलाउनु पर्ने भयो।

जमुनाले अनेक बहाना बनाएरु बोलाउदा श्रीमान् आएनन् र श्रीमान्को साथीहरु मार्फत बोलाउने कोसिस गरिन् तर सफल भइनीन् यो प्रकिया २ हप्ता लाग्यो यसपछि छोरीलाई विद्यालयमा भर्ना गर्न जादा जन्मदर्ता चाहिने भएकोले आफ्नो नन्द मार्फत श्रीमान्लाई बोलाइन्।श्रीमान आर्ईसकेपछी जन्मदर्ता गर्न विवाह दर्ता नागरीकता प्रमाण पत्र पनी आवश्यक पर्ने भएको बताईन छोरीको लागी भए पनी उनका श्रीमान विवाह दर्ता नागरीकता बनाउन सहमत भए।

यो सबै प्रकियामा महिला सशक्तिकरण केन्द«का महिलाहरुको सहयोग र उनको रणनितीमा भएको हो। घरबाट निकालिएकी जमुना आफ्नो कागजि प्रमाण लिन सफल भइन् अब उनी समुहका महिलाहरुलाई आफुले पाएको सफलताको कुरा सिकाउदै आफ्नो  कानुनी अधिकार प्राप्तिका प्रकियामा छिन्।     

blog post
11-Feb-2006

मलाइ मर्न हैन बाँच्न मन छ अव

मान्छे जन्मे पछी मर्ने कुरा सत्य र प्राकृतिक भए पनि नजिकको आफ्नो मान्छेको मृत्युले बाँच्नेहरुलाई झन कठिनमा पार्ने गर्छ।अझ कसैको सहारामा बाँच्नु पर्ने बाध्यता भएको अवस्थामा सहारा दिनेकै मृत्युले त आश्रितहरुका लागि ठुलो बज्रपात नै हुने गर्छ।यस्तै एउटा घटना भयो कैलाली जिल्ला चौमाला गा.वि.स.निवासी इन्दिरा भण्डारीको जिवनमा।

मालिका माध्यमिक विद्यालय चौमालाबाट २०५७ सालमा एस.एल.सि.गर्दा इन्दिरा १६ बर्ष मात्र पुगेकी थिइन।घरमा बा,आमाले छोरीको विवाहको उमेर पुगेकाले विवाहा गरि दिने कुरा गर्न थाले।उनको उच्च शिक्षा पढ्ने इच्छा भए पनि विवाहको शुरसार भइ हाल्यो।छर छिमेक र आफन्त संग बा,आमाले छोरीको विवाह नगरुन्जेल टाउकामा ठुलो बोझ रहेको भनाइ सुन्दा इन्दिरालाइ पनि विवाह गरेर बा,आमाको बोझ हल्का गर्ने मन लाग्यो।विवाहको कुरा चलेको दुइ बर्ष नबित्दै २०५९ सालमा कैलाली जिल्लाकै फुलवारी गा.वि.स.निवासी पुष्पलाल अधिकारी संग इन्दिराको विवाह भयो।इन्दिरा दुलही वनेर नयाँ कर्म घरमा पारिवारिक जिवनको मिठो कल्पना गर्दै भित्रिएकी थिइन।विवाह भएको अर्को बर्ष इन्दिरा र पुष्पबाट एउटा छोरीको जन्म भयो।छोरीलाइ हेर्दै दुवै जनाले एउटा पुर्ण पारिवारीक जिवनको कल्पना गर्दै उज्वल भविष्यको योजना बनाएका थिए।तर,उनीहरुको कल्पना र जिवनका योजनाहरु पुरा गर्न नपाउँदै विपत्ति आइलाग्यो।इन्दिराका श्रीमान पुष्पलाल अधिकारीको २०६१ सालमा बस दुर्घटनाबाट मृत्यु भयो।त्यस बेला छोरी १० महिनाकी मात्र थिइ।उमेरले २० बर्ष मात्र टेकेकी इन्दिरालाइ समाजले अव अर्को नाम थपिइदियो विधवा भनेर।कलिलै उमेरमा श्रीमान गुमाएको पिडा त छँदै थियो ,उनले विधवा भएर बाँच्दाका थप पिडाहरु पनि सहनु पर्ने भयो।

श्रीमानको मृत्यु भएको केहि समय सम्म त छर छिमेक र आफन्तहरुले सान्तवनाका केही शब्दहरु दिँदै थिए तर त्यो धेरै समय रहन सकेन।समाजले विधवा महिलालाइ हेर्न निर्माण गरेका मुल्य,मान्यता र धारणा अनुसार इन्दिरालाइ निरास र विवस वनाउन थाले।घर परिवारकै मानिसहरु पनि शंकाको नजरले हेर्दै  प्रश्न गर्न थाले।के यो उमेरमा एक्लै बस्न सक्छे त र  छोरा पनि छ्रैन कसरी लामो समय सम्म जिवन विताउँछे यसले र श्रीमानकै घरमा बसिरहन सक्छे त र आदी आदी।

विगतको कहाली लाग्दो अवस्थालाइ सम्झदै इन्दिरा भन्छिन विहे हुनु भन्दा पहिले विवाह पछी मैले एउटा शुन्दर सपना बोकेको थिँए त्यो घटनाले मेरा सवै सपनाहरु चकानाचुर मात्र भएनन् अव भविष्य के हुन्छ कुनै कल्पना गर्न सम्म सकिन।मैले धेरै पढेको पनि थिएन सानो छोरीलाइ लिएर कसरी बाँच्ने मैले कुनै विकल्प देखिन।धेरै पटक रुदाँ रुदै बेहोस हुन्थे। गाँउ समाजमा विधवा महिलालाइ सान्वना सहयोग भन्दा पनि शंका अवहेलना गरेको देख्दा इन्दिरालाइ बाँच्न भन्दा मर्न ठिक  लाग्ने गर्दथ्यो त्यस बेलाको पिडालाइ सम्झदै उनि भन्छिन समाज आफ्न्त सवै मलाइ सहयोग भन्दा पनि शंका र हेलाको दृष्टिले हेरे जस्तो लाग्दथ्यो।धेरै पटक बाँच्नु भन्दा पनि मर्नु बेस जस्तो लागेर आत्महत्या गर्न भनेर जङ्गल गएँ, कहिले छोरीको अनुहार सम्झेर फर्किन्थे कहिले घरका मान्छेहरु म जङ्गल गएको थाहा पाएर पछि पछि गएर फर्काएर ल्याँउथे।

पैरवी कक्षामा इन्दिराको प्रवेश बदलिएको मन

उमेरमै विधवा हुनुको पिडा खपेर इन्दिरा कहिले घर तिर कहिले माइती तिर दिन विताइ रहेकी थिइन।एक दिन उनको भेट महिला पैरवी मञ्चका सदस्यहरु गोमा जोशी,शारदा घिमिरे र सपना भण्डारी संग भयो।महिला पैरवी मञ्च कैलाली जिल्लामा महिलाहरुको सवालमा काम गर्ने एउटा संञ्जाल हो।यस सञ्जाललाइ केयर नेपाल र फाया नेपालको सहयोगमा निर्माण गरिएको थियो।त्यस बेला महिला पैरवी मञ्चले गाँउ गाँउमा पैरवी कक्षा संचालन गरिरहेको थियो।इन्दिराको माइती गाँउ चौमालामा पनि पैरवी कक्षा संचालन थियो।उनि पैरवी कक्षामा जान थालिन त्यहाँ रङ्गको आधारमा महिला माथी हुने भेदभावका बारेमा छलफल भइरहेको थियो।एकल महिलाका लागि २०६२ सालमा महिला पैरवी मञ्चले चलाएको रातो पहिरनको अभियानमा इन्दिरा सामेल भइन।महिला  पैरवी मञ्चका सदस्यहरुले इन्दिराको समस्यामा केही गर्न सकिन्छ की भनि फाया नेपाल संग परामर्श भयो।केयर नेपाल र फाया नेपालको साझेदारीमा संचालित उज्यालो परियोजनामा प्राविधिक शिक्षा पढाउन सकिने अवसर थियो।इन्दिरालाइ सम्पुर्ण खर्च बेहोरने गरी ए.एन.एम.पढ्ने अवसर प्रदान भयो।तै पनि उनलाइ पढ्न सजिलो थिएन त्यस बेलाको अवस्था सम्झदै उनि भन्छिन गोमा शारदा मेडमले पढ्ने अवसर मिलाइ दिनु भयो तर मलाइ पढ्न सजिलो थिएन।एका तिर  छोरी सानै थिइ भने अर्को तिर घर छोडेर धनगढी बसेर पढ्न बस्दा अनेक थरीका शंका गर्ने र ति कुरा सुन्नमा आउँदा विचैमा पढाइ छा्ड्ने मन पनी लाग्यो।तर, विद्यालयका शिक्षकहरु र महिला पैरवी मञ्चका मेडमहरुले धेरै सम्झाए पछि मैले पढाइ जारी राखेँ।धेरै चुनौती हुँदा हुँदै पनि मैले २०६२ र २०६३ मा ए.एन.एम.को पढाइ पुरा गरेँ।

इन्दिराको बदलिएको धारणा

धेरै चुनौतीलाइ पार गर्दै इन्दिराले ए.एन.एम.को परिक्षा उतिर्ण गरे पछि उनलाइ केहि आँट आउन थाल्यो अव केहि गरेर बस्न सक्छु भन्ने पनि लाग्यो।यसै विचमा फाया नेपाल संग केयर नेपाल संगको साझेदारीमा संचालित मानसी परियोजना (नवजात शिशु र गर्भवती सुत्केरी आमाहरुको स्वास्थ्य सुधार कार्यक्रम ) चार वर्षका लागि लागु भयो।इन्दिरा २०६४ सालमा फाया नेपालको तर्फबाट स्वास्थ्य सहजकर्ता भएर गाँउ गाँउमा जान थालिन।यति बेला सम्ममा उनको जिवनलाइ हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको थियो।पहिले र अहिलेको अवस्थालाइ तुलना गर्दै उनि भन्छिन बास्तवमा दुख कसैले चाहेको हुँदैन तै पनि दुख आइ पर्छ।दुख आइपर्नु एउटा कुरा हो तर त्यसलाइ आँट हिम्मतका साथ किनारा लाउने कार्य सारै ठुलो रहेछ।जव समाजमा एउटा कार्यकर्ता भएर गएँ मैले महिलाहरुको बास्तविक जिवनको भोगाइ थाहा पाँए।समाजमा भन्दा धेरै दुख पाएर बाँचीरहेका महिलालाइ भेट्दा मेरो जिवनलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन आयो।मलाइ फाया नेपाल महिला पैरवी मञ्चले बाँच्ने प्रेणा दियो।फाया नेपाललाइ मैले दोस्रो कर्म घर ठानेकी छु।यदी मैले आत्महत्या गरिहालेको भए पनि ठुलो भुल हुने रहेछ।अव मलाइ मर्न हैन धेरै बाँच्ने मन छ।मलाइ अझै पढ्ने मन छ।समाजका सवै खाले विभेदको विरुद्धमा लड्ने मन छ।

 इन्दिराको बदलिएको अवस्था र दरिलो मन देख्दा हिजो उनलाइ सहयोग गर्नेहरु पनि खुसी छन। उनलाइ सहयोग गर्ने गोमा जोशी भन्छिन इन्दिरा बैनीलाइ देख्दा मन खुसी हुन्छ।हिजोको अवस्थामा संधै निरास उदास हुने मान्छे आज धेरै वदलाव आएको छ।उनलाइ हेरेर एकल महिला जस्तो लाग्दैन।आफुलाइ मन परेको कुरा लाएर हिँड्छीन।त्यती मात्र हैन हाम्रो महिला पैरवी मञ्चको एउटा राम्रो अभियानकर्ता पनि बनेकी छन।मान्छेलाइ बास्तविकता महसुसीकरण गराउन सकियो भने परिवर्तन गराउन सकिने रहेछ।अहिले इन्दिरालाइ विधवा उपनामबाट हैन सामाजिक कार्यकर्ताको रुपमा समाजले चिन्ने गर्छ।उनलाइ गाँउबाट आज आमा समुहको बैठक छ तपाँइ आउनु पर्यो भनि महिलाहरुले बोलाउँदा उनलाइ खुसी लाग्ने गरेको छ।आज विगतका सवै काहाली लाग्दो अवस्थालाइ चिर्दै परिवर्तनको बाटोमा लागि रहेकी छिन इन्दिरा।

 

blog post
23-Nov-2011

एच.आई.भी. मा ब्यवहार परिवर्तन

कामको खोजीमा बाहिर जाने मानिसहरु बडी एच आई भी को जोखिमा पर्ने गर्दछन्  भन्ने कुरा सुनेर डर लाग्थ्यो।शुरुमा मलाई एच.आई.भी.को बारेमा सही जानकारी थिएन।बम्बई जानु भन्दा आगाडी आई भी को बारेमा श्रीमान संग छलफल भएको थिएन।मेरो श्रीमान बम्बई पाईप बनाउने कम्पनीमा लेवरी काम गर्न जानुभयो।२ बर्ष सम्म त्यहां काम गर्नु भयो।गाउंका मानिसहरुले सुनाउथे।बम्बईमा काम गर्ने मानिस बडी एच.आई.भी को जोखिममा पर्ने गर्दछन्।त्यस पछि मलाई डर लागेर फोनमा श्रीमान संग एच आई भी को बारेमा कुरा गर्ने गरे।मेरो श्रीमानलाई सम्झाउने क्रममा फोनबा खबरदारी गर्थें।आफना विगतका दिन सुनाउनु हुन्छ सबिता देबि चौधरी।

 मेरो घर कैलाली जिल्लाको बलिया गाबिस वार्ड नं.२ बलिया गाउमा पर्दछ।मेरो छजनाको परिवार छ।घरको कमजोर आर्थिक अवस्थाका कारणले मेरो श्रीमान बम्बईमा काम गर्न जानुपर्यो।यसै बिचमा फाया नेपाल र केएर नेपाल संगको साझेदारीमा युरोपियन कमिसनको आर्थिक सहयोगमा सुरक्षित पाईला कार्यक्रम हाम्रो गाविसमा पनि संचालन भएको थियो।कार्यक्रमका साथी शिक्षकले कामको खोजीमा जाने मानीसलाई र तिनका जोडीलाई एच.आई.भी. र एड्सको बारेमा मलाई जानकारी दिए।साथी शिक्षकको जानकारी अनुसार भारत कमाउन गएका युवाहरु एच. आइ.भी. को बढी जोखिममा पर्दछन् भन्ने थाहा पाए।एच.आई.भी. सक्रमणको डरले श्रीमान लाई जोगाउन भारतबाट काम छोडेर घर फर्किने सल्लाह दिने गर्थे।

मेरो श्रीमान २ बर्ष पछि परदेशबाट घर फर्किनु भयो।घर फर्केका मेरा श्रीमान संग कण्डमको बारेमा संवाद गरे।त्यस पछि आफनो श्रीमान लाई लिएर मोबाइल क्याम्प लम्की ख्ऋत् मा गए।दुवै जनाले VCT गरायौं।तर दुबै जनालाई एच. आई. भी. देखिएन खुसी हुदै हामी VCT बाट फर्कियौ।केहि दिन पछि फाया नेपालले आमा समुहका सदस्यहरुलाई १ दिने एच.आई.भी.र एड्सको अभिमुखिकरणर÷ तालिम दियो।तालिममा एच.आई.भी.को बारेमा अझै म सचेत भए।फाया नेपालले दिएको उक्त तालिमबा पाएको जानकारी अनुसार बारेमा राम्रो संग थाहा पाए।त्यसपछि मलाई शंका लाग्यो र म फेरी अत्तरिया एन.सार्कमा  गराएं।त्यहां पनि परिणाम राम्रो देखियो अव म सुरक्षित भएको पक्का बिश्वास भयो।हामी श्रीमान श्रीमति दुबै जना जोखिममुक्त भयौ।अहिले म श्रीमान लाई एच.आई.भी. र एड्सको बारेमा सम्झाएर कतारमा काम गर्न पठाएको छु।छिमेकमा अहिलेत म एच. आई. भी. को सर्ने तरिका, जोगिने उपाए, VCT सेवा , VCT सेवाको महत्वको बारेमा आफै छलफल चलाउने गर्छु।यसरी सबिता ख्ऋत् मा पहुंच बढाउन सफल भएकी छिन्।

blog post
19-Nov-2012

सघन खेतिको बारेमा लल्कु कठरियाको अनुभव

आठ कट्ठा जमिनमा लगाएको चैते धान २४ क्विन्टल फलाँए धान धेरै राम्रो फल्यो बर्षे धान पनि यसै विधिले रोपाई गरेकोछु।लालबोझि गाविस वडा नं. चर्राका गाउँका गरिब किषान लल्कु कठरिया आफ्नो चियापसलमा गाउँलेहरुलाई खेतिको अनुभव सुनाउदै थिय।लालबोझि गाविसमा फाया नेपालले युएन एफएओ संगको साझेदारीमा संचालन गरेको धान खेतिको कृषक पाठशालाका सहभागि लल्कुले सघन धान खेतिको बारेमा जानकारी पाएपछि हिउदको महिना प्राय बाझो रहने खेतमा आफ्नो जमिनमा उनले सघन खेति प्रणालि बाट चैते धान लगाए।धानको उत्पादन राम्रो भयो।यसबाट उत्साहि एर उनले आफ्नो जमिन बाहेक १० कट्ठा जमिन भाडामा लिएर सबै खेतमा सघन खेति प्रणालि बाटै बर्षे धान लगाएका छन।लालबोझि गाविसमा २०६८ को बर्षे सिजनमा सघन धान खेति गर्ने लल्कु सगै अरु ६३ भन्दा बढी किषानहरु छन्।१३ जनाको परिवार संख्या रहेको लल्कुको परिवारलाई अघिल्ला बर्षहरुमा आफ्नो उत्पादनले बर्षभरी खान पुग्दैन्थ्यो र बाहिरबाट किनेर खानेकुरा पुरागर्नुपर्ने बाध्यता लल्कुलाई कठरियालाई थियो। तर यस बर्ष फलेको चैते धानले मत्रै पनि झण्डै बर्षदिन खानपुग्न सक्छ भन्ने उनको अनुमान छ।

लालबोझि गाविसमा लल्कुलाई सघन खेतिको अगुवा किषानको रुपमा चिनिन् थालेको छ।उनको खेति हेर्न छिमेकी गाउँका किषानहरु देखि लिएर पत्रकार, सामाजिक कार्यकर्ताहरु र राजनितिक नेताहरु समेत आउने गरेका छन् भन्ने लल्कुको भनाई छ।लालबोझि गाविस कैलाली जिल्लाको बाढीको उच्च जोखिममा रहेको छ।बर्षेनि बाढीले खेतमा लगाएको धान बगाएर लैजाने हुनाले याहाँका किषानहरु लाई खानेकुराको जोहो गार्न भारतमा लेवरी गर्न जान्नै पर्ने बाध्यता रहेको छ।सघन खेतिको राम्रो प्रचार प्रशार गर्न सके र सिचाईको ब्यवस्था भएमा यस्ता बाढी प्रभावित क्षेत्रहरुमा चैते धानलाई सघन खेति प्रणालिका माध्यम बाट लगाउन सकिन्छ र बाढी आउनु भन्दा अगाढीनै एक बाली धान थनक्याउन सकियो भने बर्षादको धान बाढीले बगाए पनि खाने कुराको अभाव हुदैन भन्दै उनि आफ्नो अनुभव सुनाउछन्।

अन्तयमा लल्कुले थपे यसका लागि सिचाई र गोड्ने मसिनको सरकारले ब्यवस्था गरिदिनु पर्दछ  यसकालागि हामि जागरुक हुन जरुरी छ।

blog post
15-Mar-2007

जंगल बन्यो मुक्त कमैयाको बाँच्ने आधार

टिकापुर ९ शिवनगरका गोविन्दकुमार चौधरीले जंगलमा खेती गरेर आम्दानी बढाऔ भन्दा धेरै मुक्त कमैयाले पत्याएनन त्यसैले पनि होला धेरै मानिसहरु काम गर्न पनि आएनन तर अहिले जंगलको खेती नै मुक्त कमैयाको बाँच्ने आधार बन्ने सम्भावना बढेको छ।हामीले जंगल भित्रको खाली खल्लामा नगदेबाली लगाएर आय आम्दानी बढाउने योजना बनायौ धेरैले बिरोध गरे गोबिन्दले भने उनीहरुले बिरोध मात्र गरेनन अरुलाई पनि काम गर्न नजान भने।अहिले हाम्रो सफलता देख्दा धेरैले जिब्रो टोक्छन।

 हामीले पनि सोचेका थिएनौ बेसरम उम्रेको खल्लामा यस्तो खेती होला भनेर साँच्चै नसोचेकै भयो शिवनगर मुक्त कमैया शिविरकै श्यामप्रसाद चौधरीले स्पष्ट पारे हामी पनि अलिकति बिश्वास धेरै अविश्वास गरेर समुदायका लागि वन वातावरण मञ्चका शेरबहादुर सरको कुरा काट्न नसकेर जंगलको खेतीमा लागेका थियौ।तर अचम्म भयो खल्लामा त काक्रा, भिन्डी, धनिया, पालुङ्ग, मूला गजव भयो त्यसपछि त आफुले पनि खान पायौ

बेचेर पैसा पनि कमायौ सोही गाउँकी सुस्मिता चौधरीले भनिन पहिले नुन खुर्सानीसंग खाना खान्थ्यौ यसपटक भने पेटभरी तरकारी खाइयो।पहिले त कपुवा जाउली भात जस्तै खाना खाईन्थ्यो अहिले कपुवा संग तरकारी पनि खान पाईन थाल्यो उनले विगत संझदै भनीन्।पहिले छोराछोरीले मकै मकै भनेर कराउथे यसपाली छोराछोरीले पनि आफ्नै बारीको मकै खान पाए  घर नजिकैको जंगलमा खेती हुँदा हामी जस्ता स-साना बालबच्चा भएका महिला र बुढाबुढीले पनि काम पायौं सुस्मिताको भनाइ छ।

पाँच सय परिवारमा रहेका मुक्त कमैयाहरुले झण्डै चार बिगाहामा फैलिएको खल्लामा १७ समुह बनाएर सामुहिक खेती गरेका थिए।खेती बचाउन उनीहरुले राती र दिउँसो समेत समुह बनाएर पालैपालो गस्ती गरेका थिए।१७ वटा समुहले आफुले खाएर ८५ हजारको तरकारी विक्री गरेका छन।मुक्त कमैयाका अगुवा रामफल चौधरीका अनुसार अव त्यो खल्लामा एसबिबिएमको सहयोगमै माछा पालन गरिने भएको छ तर हिउँदमा भने तरकारी र मकै लगायतका खेती गर्ने योजना छ।

तरकारी खेती जस्तै जंगलमै उनीहरुले झण्डै पाँच बिगाहामा हल्दी र अदुवा खेती गरे।त्यहाँ हल्दी तीन सय क्वीन्टल र अदुवा ५ क्वीन्टल फल्यो।जंगलमा १ सय ५० केजी अदुवा र ४० क्वीन्टल हल्दी लगाइएको थियो।अव हल्दी र अदुवासंगै पिडालु (घुइया) लगाउछौं मुक्त कमैया रेशमीलाल चौधरीले आफुहरुको योजना सुनाइन।हामीले तरकारी र अदुवा लगाएको जग्गा कैलाशेश्वर सामुदायिक वनको हो अदुवा, हल्दी र तरकारी लगाउदा उनीहरुले गाइ, गोरु चराइ दिएर खेती नास गर्ने खोजे अहिले भने उत्पादनको २५ प्रतिशत वापत ३५ क्विन्टल हल्दी सामुदायिक वनलाई दिएपछि उनीहरु खुसी छन अहिले त सबै एक सय १३ बिगाहामै खेती गर भन्छन उनले बताइन।संधै अर्काकोमा मजदूरी खोज्दै छाक टार्ने प्रयास गर्ने मुक्त कमैयाहरु जंगलमा भएको उत्पादनले निक्कै खुसी छन मुक्त कमैया डम्मरबहादुर घर्तीमगर भन्छन यही कामले अव केही होला जस्तो लागेको छ।

blog post
10-Feb-2007

रिफ्लेक्टका महिला समुहले बनाए बगरमा सामुदायिक वन

मसुरिया ४ लिक्माखल्लाकी ३०बर्षिया जितरानी चौधरीलाई अहिले गाउँघरका महिला-पुरुषसंग सरसल्लाह गर्ने चटारो छ।उनी आफ्नो काम थाती राखेर गाउँलेसंग सरसल्लाहमा व्यस्त छिन।

घरी यो घर घरी उ घर कहिले यो संग कहिले उसंग छलफल गर्नु जितरानीको दैनिकी बनेको छ। उनी भन्छिन यो बालुवा मैदानलाई वन अर्थात सामुदायिक वन बनाउने अभियानमा छु अहिले म।

यो वन हाम्रो हुन्छ लिक्माखल्लाको वालुवा मैदानलाई हरिलो, भरिलो जंगल बनाउने सपना देखेकी जितरानीको भनाइ छ हाम्रो सपना पुरा भएपछि यो हाम्रो वन हुन्छ,हामी मुक्त कमैयाको।

मेहनत गरे फल पाइन्छ जितरानीको होस्टेमा हैसे गर्ने लिक्माखल्लाका ४८ मुक्त कमैया परिवार लागेका छन।जानकीदेवी चौधरी हरसमय उनको साथ हुन्छिन।रामकृण्ण चौधरी,फिरीराम चौधरी समेत उनका ठुला सहयोगी भएका छन।

अझ ठुला सहयोगी त समुदायका लागि वन वातावरण मञ्च (एसबिबिएम) का अध्यक्ष शेरबहादुर वस्नेत हुनु भएको छ।जानकीदेवी चौधरीले कुरोको चुरो खोल्दै भनिन् गतबर्ष पनि बगरमा बृक्षारोपण गर्यो।

लिक्मा खोलाले बर्षनी कटानी गर्दे आएको बालुवा मैदानमा मुक्त कमैयाले बिभिन्न जातका  बोटबिरुवा रोपेका छन।बृक्षा रोपणसंगै जडीबुटी लगाएर आयआम्दानी बढाउन कार्ययोजना पनि उनीहरुले बनाएर बाँस,लिप्टिस,रिठा,अमला लगायतका बोटबिरुवा र जडीबुटी रोपेका छन।

सन्तोषी सामुदायिक वन नाम राखिएको मुक्त कमैयाको वन एक हेक्टर क्षेत्रफलमा फैलाउने लक्ष्य राखेको सामुदायिक वनकी अध्यक्ष समेत रहेकी जितरानीले बताइन।एसबिबिएमको सहयोगमा सामुदायिक वनको बिधान वनिसकेको छ अहिले वन कार्यालयले वन दर्ता बन्द गरेको छ खुल्ने बित्तिकै दर्ता हुन्छ उनले बताइन।

अव त बिस्तारै बिभिन्न बोट बिरुवा हुर्किन थालेका छन अझ यसपटक पनि बृक्षारोपण गर्नका लागि घरघरमा गएर सबैलाई भेटिरहेका छौ उनले भनिन एसबिबिएमले पनि सहयोग गर्ने बचन दिएको छ।यहाँ बृक्षारोपण गरेर वन बनाए हाम्रा घर पनि जोगिन्छन वन नबने त कुनै दिन हाम्रा घर भएको जग्गा पनि बालुवा मैदानमा परिणत हुनेछ जितरानीको कुरामा सहमत हुँदै जानकीदेबीले भनिन हेर्नुहोला केही बर्षमै यो लिक्माखोला हराभरा जंगलमा परिणत हुनेछ।

blog post
12-Dec-2019

आर्थिक जागरूकता र सशक्तिकरण

वित्तिय साक्षरता कार्यक्रम

कैलाली र कंचनपुर जिल्लाबाट प्रवासी कामदारको रुपमा दक्षिण कोरिया र भारत जाने परिवारलाई लक्षित गरी वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत कक्षा संचालन गरिएको थियो। यो परियोजना एक्सेस एडभाइजरीसँगको साझेदारीमा फाया नेपालले कैलाली र कंचनपुरका चारवटा पालीकामा संचालन गरेको थियो। कार्यक्रम संचालन भएका पालीकाहरुमा कैलालीमा धनगढी उप-महानगरपालीकागोदावरी नगरपालीका कंचनपुर जिल्लामा कृष्णपुर नगरपालीका र लालझाडी गाँउपालीका रहेको थियो ।

परियोजनाले प्रवासी कामदारहरुको परिवारलाई वित्तिय साक्षरता कक्षा मार्फत प्राप्त विप्रेषणको उत्पादनमुलक क्षेत्रमा सदुपयोग र संभावित उप क्षेत्रहरुको बारेमा जानकारी दिइएको थियो। यसका साथै विप्रेषण सहज रुपमा घर सम्म पठाउन कार्यरत वित्तिय संस्थाव्यवसायीक फर्म आदीका बारेमा जानकारी प्रदान गरिएको थियो। चारवटा पालीकामा संचालन भएका वित्तिय साक्षरता कक्षामा ७ सय ६ जना प्रवासी कामदारका परिवारका सदस्यले सहभागीता जनाएका थिए । यो परियोजना जुन २०१९ देखि डिसेम्वर २०१९ सम्म संचालन भएको थियो ।

blog post
10-Dec-2012

“चटपट व्यापारबाट जीवनशैलीमा सुधार हुँदै”

सानो चटपट व्यापारबाट दैनिक २०० देखि ३०० सम्म आम्दानी हुदॉ चन्द्रामाया भुजेलको परिवारको स्थितीमा सुधारदेखिदै छ।

धनगढी नगरपालिका वडा नं. ७ देवहरियामा बस्ने चन्द्रामाया भुजेलको(४५वर्ष)घरको आर्थिक स्थिती निकै कमजोर रहेको परिवार संख्या ११ जनाको छ। १ कठ्ठा जमिन र  त्यसमा बनेको कच्ची घर बाहेक अन्य सम्पतिको नाममा केहि छैन। जिविकोपार्जनका आधार श्रीमान् र श्रीमतीले दैनिक मजदुरी मात्र रहेको छ। परिवारको आर्थिक स्थिती कमजोर भएकाले छोराहरुलाई मा. वि. तह सम्म पढाएको तर आर्थिक अभावले उच्च शिक्षा पढाउन नसक्दा अर्काका पसलमा काम गरिरहेको चन्द्रमाया  बताउछिन्। छोरी स्थानिय सरकारी विद्यालयमा कक्षा ८ मा पढदैछिन्।

चन्द्रमायामा घरको आर्थीक अवस्थामा सुधार ल्याउन स्थानिय ठॉउमा सानो व्यापार गर्ने सोच पहिला देखि नै भएपनि आर्थिक कठिनाइले  योजना पुरा गर्न सकेकी थिइनन्। यसै क्रममा फाया नेपाल र अक्सफामको साझेदारीमा संचालित शहरी जोखिम व्यावस्थापन परियोजनाले २०६९ पौस देखि देवहरीयामा महिला सशक्तिकरण केन्द्र स्थापना र संचालन गरे पछि केन्द्रमा उनी सदस्य भई सहभागि हुन थालिन्। केन्द्रमा छलफलद्धारा महिलाहरु र स्थानिय सवालहरुको पहिचान र पैरवि अभियान संचालन हुन थाल्यो। त्यस्ता अभियानमा उनको सक्रिय सहभागिता हुने गर्दछ। केन्द्रले सदस्यहरु विच बचत कार्यक्रम संचालन गरी सदस्यहरुको जिविकोपार्जन योजनामा सहयोग गर्दछ। त्यसै क्रममा चन्द्रमायाले समुह समक्ष आफ्नो व्यवसाय गर्ने इच्छा व्यक्त गरिन। उनको योजना र इच्छालाई समुहका सदस्यहरुले स्विकार गरी रु ३५००। रिण प्रदान गरे। चन्द्रामायाले आनो घरको अगाडि सानो कच्ची घर बनाई त्यसमा चटपट व्यापार  गरेकी छिन्। उनी भन्छिन्  समुहमा आवद्ध भएकाले रिण पाए, त्यसमा मजदुरी गरी बचाएको केहि रकम थप गरेर चटपट व्यापार सुरु गरेको छु। घर नजिकै विद्यालय भएकोले चटपट व्यापार बाट  दैनिक २०० देखि ३०० सम्म आम्दानी भईराखेकेको छ । समुहको सानो सहयोगबाट घरको खर्च र केटाकेटीकोलाई कापीकलम किन्न सहज भएकोमा चन्द्रमाया खुसी छन। व्यापार राम्रै चलेकोले भविस्यमा त्यसलाई निरन्तरता दिने उनको योजना रहेको छ।

blog post
15-Apr-2011

“पहिले हेला गरेर जिस्क्याउनेहरु अहिले राम्रो गयौं भन्छन् ”

प्राथमिक तहको पढाई गाउँबाटै गरी छिमेकी गाउँको भागेश्वर मा.वि. मा एसएलसीसम्म पढेकी पवित्राकुमारी राउटेको जिन्दगी निकै संर्घषपूर्ण छ।आर्थिक अभावले गर्दा विद्यालय जाने समयमा उनले पढाईको अलावा ज्याला मजदुरी समेत गर्नु पर्यो।त्यसरी कमाएको पैसा पढाई र घरखर्चमा सकिन्थ्यो।    

गाउँका अरु केटीहरुले पढेको देखेर उनलाई पनि पढ्ने इच्छा जागेर विद्यालय भर्ना भएकी उनी राउटे समुदायको पहिलो शिक्षित महिला भएको गर्वसाथ बताउछिन्। विद्यालयमा अरु विद्यार्थीले राउटे भनेर जिस्क्याउन थालेपछि उनीसँगै विद्यालय जाने कतिपय राउटेका बालबालिकाले जान छाडे तर उनले छोडिनन्। चाँही तगडा थिए, कसैले जिक्याए भने सरलाई भनिदिन्थे।अरुले जिस्क्याए भनेर कहिले हतोत्साही भईन।त्यसैले गर्दा यो अवस्थासम्म आईपुगे। हास्दै उनी यसो भन्छिन्। 

उनको घरमा बुबा, आमा, तीन दाजु, एक दिदी, एक बहिनी, एक भाई र उनीसमेत गरी नौं जनाको परिवार छन्।हाम्रो परिवारमा सात जना पढ्दै छन्।आज काम गर्यो आजै खानु पर्ने भोली काम गर्यो भोली खानु पर्ने, पैसा बचत हुँदैन आर्थिक अवस्था कमजोर छ।घरमा बेलुका पढ्न टुकि वत्ति बाल्न मट्टितेल किन्ने पैसा नहुँदा धेरैपटक शिक्षकको पिटाई खाएको छु।अहिले आफ्नो जिन्दगी फर्केर हेर्दा राम्रो लाग्दछ।उनी एकछिन गम्भिर भएर हसिलो अनुहार गरी भन्छिन।पहिले जंगलमा बस्ने बानी भएकाले राउटेको कमाउने, जम्मा गर्ने सोच कहिलै आएन।त्यसैले आर्थिक अवस्था सबैको कमजोर छ।आफ्नो दुखेसो उनी यसरी पोख्छिन। 

उनको गाउँमा राउटे समुदायका ३०घर परिवार बस्छन्।आफ्नो बाल्यकाल र अहिले आएको परिवर्तनबारे उनी भन्छिन पहिले हेला गरेर जिस्क्याउनेहरु अहिले राम्रो ¥यौं भन्छन्।उनी गाउँमा हुँदा उनलाई देखेर बहिनी गाउँका अरु केटीहरुसमेत विद्यालय जान्थे।एसएलसी पास भएर गाउँ छोडेपछि उनीकी बहिनीलगायत गाउँका अरु केटीहरुले पनि विद्यालय जान छोडे।धेरैले विवाह गरेर गएका छन्

उनको परिवारलाई राज्यले बसोवासको लागि दिएको जग्गा त्यति राम्रो छैन वर्षाको भेलले दुःख दिन्छ।हिँउदामा भने सिंचाई नभएर केही उब्जनी हुँदैन।अहिले सिंचाई दिएर केही उब्जनी हुन थालेको छ।घरमा गाई, गोरु, बाख्रा पालेको छ।उनको जमिनको अन्नले वर्षभरी खान पुग्दैन।परिवारले ज्याला मजदुरी गरी घर चलाउनु पर्छ। 

पवित्रा गाउँमा रहदा गाउँका मानिसलाई प्रौढ शिक्षा पनि पढाउनुको साथै सामाजिक तथा विकास सम्बन्धी  कार्यमा पनि सक्रिय सहभागी हुन्थिन।उनलाई पढ्नलाई दाईले सधैं प्रोत्साहन गर्दथे।कसैले सहयोग गरे ठिकै नत्र पढे आफैलाई हुन्छ दुःख गरेर ज्याला, ऋण लिएर भएपनि पढ्नु पर्दछ। दाईले भनेको कुरा सम्झदै उनी यसरी बताउछिन्

रिच आउट टु एशियाको आर्थिक सहयोगमा एक्सनएडद्वारा प्रदान गरिएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत श्री कृष्णउच्च मा.वि. कृष्णपुर, कञ्चनपुरमा अध्ययनरत पवित्रा राउटे अहिले भेटनरी विषयमा जेटिए गर्दैछिन।आफ्नो पढाईको लागि एक्सनएडमार्फत सहयोग प्राप्त भएकोमा उनी खुसी हुँदै यसो भन्छिन फाया नेपाल संस्थाले सहयोग गरेर पढ्न पाएँ नत्र मलाई आफैं पढ्न गाहे थियो। 

सरकारले लोपोउन्मुख जाति भनेर राउटेलाई अहिले महिनाको एक हजार भत्ता दिएको छ।यसले उनीहरुको जीवनलाई केही सहज बनाएको छ भने सामाजिक सोचमा पनि परिवर्तन भएको छ। हिजोसम्म हामीलाई हेला गर्नेहरु अहिले भत्ता पाउँदा राउटे हुन पाए हुन्थ्यो भन्छन्। यस्तो सुन्दा आफूलाई अझै उत्साह बढेको कुरा उनले बताईन।भविष्यकोबारेमा उनी यसो भन्छिन जेटिएको पढाई सकेपछि आफ्नै गाउँमा एग्रो भेट पसल खोल्छु पैसा जुटाउन नसके जागिर खान्छु। 

 

 

blog post
01-Sep-2010

सुधाको संघर्ष र प्रतिबद्धता उनको सफलताको यात्रा र प्रेरणाको स्रोत बन्न पुगेको छ

सुधा चौधरीको परिवारको पनि अरु कैमैयाको जस्तै आर्थिक विपन्नता थियो।उनका बुबाले गाउँकै साहुँको जग्गा अधियामा कमाएका थिए।उनले चाहीं साहुको छोराछोरी हेर्नु  परथियो।उनीहरुले केही ऐलानी (बाँझो-सरकारी) जग्गा कमाएका थिए।त्यो पनि नदीले बगाएपछि आफू बसेको घरघडेरी बाहेक उनीहरुसँग अरु जग्गा रहेन।खानपुग्ने जग्गा जमिन नभएकोले उनका परिवारले ज्याला मजदुरीबाट आएको आयले घर परिवार चलाएका  थिए।उनको परिवारमा बुबा, आमा, हजुरआमा, दाजु, भउजु, भाई, बहिनी र दाजुका छोरा, छोरी गरी १० जना सदस्य छन्।उनका बाबु, आमा र दाजुले परिवार धान्न ज्यालामजदुरीमा गएर त्यसबाट आयको रकमले परिवार चलाउछन्।उनीहरुले गाउँमा त्यति काम नपाउने हुँदा बाहिर गएर पनि काम गर्नु पर्छ।कामको लागि बुबा, आमा कहिले धनगढी त कहिले महेन्द्रनगरसम्म जाने गर्छन्।दाजु चाँही गाउँमै काठको काम गर्छन्।ठूलो परिवार भएपनि उनी भन्दा माथि घरमा कोही पढेलेखेको मानिस नभएको र पढाउनु पर्छ भन्ने धारणाको कमिले गर्दा उनले सजिलै विद्यालय जान पाईनन।उनी ती दिन सम्झदै भन्छिन् गाउँका साथीहरु पढ्न जाँदा आफूलाई पनि जान मन लाग्थ्यो बुबालाई मलाई पनि पढ्न पठाईदिनु भनेर रुन्थे।बुबाले छोरीले किन पढ्नु पर्यो ? घरमा काम गर्नु पर्छ, पढाउन पैसा पनि छैन भनेर विद्यालय पठाउनु भएन। 

 उनी आफू पढ्न जाँदाको कुरा याद गर्दै भन्छिन करिब १० वर्ष अगाडि तिरको कुरा हो एक्सनएड नेपालको साझेदार संस्था मुक्त कमैया समाजका अभियानकर्ता गाउँमा आएर अनौपचारिक बाल कक्षा संचालन गरेका थिए।उनी हाम्रो घरमा पनि आएर बुबालाई छोरीलाई (मलाई) पढ्न पढाउनु भनेर निकै सम्झाए त्यसपछि बुबाले मलाई बाल कक्षामा पढ्न पठाउनु भयो।एकवर्ष पछि गाउँकै विद्यालयमा ३ कक्षामा भर्ना गरिदिनु भयो।त्यो दिन म निकै खुसि भए।१ र २ कक्षा नपढी एक्कैचोटी ३ कक्षामा पढ्दा पनि म फेल भईन।पढ्दै जाँदा मैले दीपेन्द्र उच्चमाध्यमिक विद्यालय, हसुलियाबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरे।अरु पढ्नको लागि मन त थियो तर पैसा थिएन।यसबीचमा मुक्त कमैया समाजमार्फत एक्सनएडको छात्रवृत्तिबारे जानकारी पाएर निवेदन हालेको थिए र मलाई पनि पर्यो। पढ्न पाए भनेर निकै खुसी लाग्यो।

हाल उनी रिच आउट टु एशिया (रोटा) को आर्थिक सहयोगमा एक्सनएडको छात्रवृत्ति कार्यक्रम अन्तरगत इन्स्टिच्युट अफ कम्युनिटि हेल्थ ट्रेडिङ्ग सेन्टर(आई.सी.एच), धनगढीमा आयुर्वेदिक एसिसडेन्ट अफ हेल्थ वर्कर (ए.ए.एच.डब्लु) पढ्दै छिन।छात्रवृत्ति पाएकोमा खुसी हुँदै उनि भन्छिन छात्रवृत्ति नपाएको भए आफ्नै खर्चमा पढ्न सक्ने हैसियत थिएन।सायद गाउँको कुनै विद्यालयमा पढाउथे वा सानोतिनो काम गरेर बस्थे होला।यहि मंसीर १ गतेबाट उनी पढाई (पाठ्यक्रम) सकिएर व्यवहारिक ज्ञानको लागि अन द जब टे«डिङ्ग (ओ.जे.टी) गर्न मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेदिक चिकित्सालय, विजौरी, दाङ्गमा गएकी छिन्।३ महिनाको ओजेटी सकेपछि सीटीईभिटीको प्रतिनिधित्वमा आफ्नो इन्स्टिच्युटमा प्रतिवेदन तथा अनुभव पेश गरे पछि अन्तिम नतिजा निस्कने उनी बताउँछिन।इन्स्टिच्युटमा पढेको कुरा र ओजेटीमा काम गर्दाको अनुभव उनी यसरी बताउँछिन इन्स्टिच्युटले मसँग सल्लाह गरेर भरखरै यहाँ पठाएको छ।विरामीलाई जाँच्ने, घाउँ सफा गर्ने लगायतका कामहरु सिकियो।जाडो महिना भएर होकि वा सरकारी आयुर्वेक चिकित्साल भएर हो विरामी कम आएका छन्।त्यसैले त्यतिधेरै सिक्न पाएको छैन।अझै सिक्नु पर्ने कुरा धेरै छन्।अरु ओजेटीको अवधि भित्र सिकिएला।आयुर्वेदिक पढ्दा रोजगारी पाउन सजिलो हुने र पढ्न रुचि भएर यतातिर लागेको हु।कसैले थप सहयोग गरेमा अझै पढ्छु नभए यो उत्तिर्ण भएपछि पहिले लोकसेवाबाट लिने परीक्षामा सामेल भई सरकारी जागिर खान्छु नपाए सरसापट गरी केही पैसा जुटाएर गाउँमै आयुर्वेदिक क्लिनिक खोल्ने विचार गरेको छु।उनले आफ्नो भावी सोच यसरी बताईन।

blog post
12-May-2010

A Changemaker in HIV and AIDS Awareness

Goma Sodari, 39, is a migrant spouse and an inspiring women activist affiliated with the Parijat Women Advocacy Forum (WAF), a prominent women's rights network in Kailali district. In addition to her work advocating for women's rights, Goma has emerged as a key figure in HIV and AIDS prevention, care, and treatment. She is a volunteer with the Safe Passage campaign and an active peer educator and supporter (PES) under the project implemented by FAYA/Care Nepal. Goma also leads the Chandani Mother Group in her village, empowering local women and driving change.

Before her involvement in the Safe Passage campaign, Goma dedicated her time to women's rights advocacy. However, witnessing the profound impact of HIV and AIDS in her community, especially among migrant families, she shifted her focus. Today, she devotes most of her time to raising awareness about HIV and AIDS.

As a migrant spouse, Goma felt a personal responsibility to address the challenges faced by her community. Reflecting on her journey, she shares, “Before the PES training, I had heard about HIV and AIDS, but the information I knew was limited and often incorrect. I thought condoms were only for contraception. Now, I understand how essential they are in preventing HIV transmission.”

Her training equipped her with accurate knowledge and practical tools, enabling her to support her community better. She explains, “I wanted to help relatives and neighbors with blood tests and promote positive living, but I lacked the necessary knowledge. The PES training changed everything for me.”

Motivated to address the lack of awareness about HIV transmission and prevention, Goma has made significant strides. To date, she has referred seven individuals, including her brother and sister-in-law, to voluntary counseling and testing (VCT) centers. She recounts, “My brother-in-law works as a driver in India, which puts him and his wife at risk. I convinced them to get tested. Similarly, I encouraged my neighbor Aarati and her fiancé, both migrant workers, to visit the VCT before getting married. They listened, and now they feel secure and happy.”

Goma doesn’t miss an opportunity to educate those at risk. She recalls a recent incident: “While traveling by bus to my brother-in-law’s house, I met two young army boys. I shared basic information about HIV and AIDS with them during the journey.”

Through her relentless efforts, Goma has educated hundreds of men and women. She actively discusses HIV and AIDS at Chandani Mother Group meetings, where 50 women gather regularly. Additionally, she has taught 125 individuals how to use condoms correctly through hands-on demonstrations.

Goma has also played a leading role in organizing community events. During an HIV and AIDS awareness fair at Bhansar DIC during the Dashain festival, she, along with three women and eleven men, reached out to hundreds of migrant workers returning from India. Distributing IEC materials and condoms, she urged them to protect themselves and their families. “I even met my sister-in-law at the fair and gave her the information she needed to stay safe,” she says with pride.

In her neighborhood, Goma actively supports people living with HIV (PLHIV). She encourages them to embrace positive living, visit ART centers for regular CD4 counts, and adhere to antiretroviral therapy. Her compassionate approach has helped reduce stigma and improve the well-being of those affected.

Goma’s work stands as a testament to the power of grassroots advocacy. From spreading awareness to empowering individuals and families, her efforts are transforming lives and strengthening her community’s resilience against HIV and AIDS. She concludes, “Every conversation, every event, and every person I help is a step toward a safer, healthier community. This work is not just my responsibility; it’s my passion.”

blog post
06-Nov-2012

जैबिक तट्बन्धबाट खुशी छन कृष्णनगर बासी

थापापुर गाबिस वार्ड नं. ५ कृष्णनगर गाउं कैलाली जिल्लाको सदरमुकाम धनगढी देखी दक्र्षिण १०० कि.मी. दुरीमा पर्दछ।यो बस्ति  काडां नदीको किनारमा रहेको बस्ति हो।१०३ घरधुरी रहेको यो बस्ति सबै समुदाय मिलेर बसेका छन।यो बस्ति हरेक बर्ष कांडा नदीमा आएको बाढीका कारण कटान र डुवानले गर्दा नजिकको समुदाय र बिद्यालयमा केही दिन बिस्थापीत भई आश्रय लिन पुग्दछ।यो बस्तिका घर हरेक बर्ष बाढीका कारणले बनाउनु परेको गुनासो गाउंलेहरु गर्छन।

नदीले बाटो काटी सकेको छ घर नजिक पुगेकोछ हामी धेरै ठाउंमा पुग्यौ तर सहयोग पाएनौ।तर आज फाया नेपाल पायौं र फाया नेपाल र समुदाय मिलेर यो जैबिक तट्बन्ध निर्माण गर्न सफल भयौं र हाम्रो जमिन कटान कम हुन्छ  प्रकोप ब्यवस्थापन समितिका अध्यक्ष प्रशु राम लामाले बताए।

फाया नेपालद्वारा ड्यान चर्च एडको सहयोगमा अधिकारमुखी प्रकोप जोखिम ब्यवस्थापन परियोजना थापापुर गाबिसमा संचालनमा रहेको छ।हामीले गाबिस बाट सिफारिस लियौ र फाया नेपालमा गयौं फाया नेपालले १ लाख सहयोग दियो र हामी गाउंलेले १ लाख ४५ हजार ५० रुपैया बराबरको जनश्रमदान गर्यौं र आज यो तट्बन्ध बन्न सफल भयो।अब गाउमा पानी पस्ने र जमिन कटान कम हुने भयो प्रकोप ब्यवस्थापन समितिका कोषाध्यक्ष तारा लाल चौधरी बताउछन।आज भोली जैबिक तट्बन्ध निर्माणले खुशी भएका छन र समुदाय जुटेमा स्रोत प्राप्त गर्न सकिदो रहेछ  भन्ने कुरा महसुस भएको छ , थापापुर ५ कृष्णनगरबासीलाई।

blog post
23-Jun-2009

धान खेतीमा नयां तरिका, बिश्वास बढायो खैलाडबासीलाइ

कैलाली जिल्लाको सदरमुकाम धनगढी देखि करिब ८५ किलो मिटर दक्षिणमा खैलाड ४ ओखरपुर गाउं पर्दछ। यो बस्ति कैलाली जिल्लाको बाढी प्रकोपको दृष्टिले एकदम जोखिममा रहेको बस्ति हो। यो बस्तिमा धेरै जसो बर्षातको धान खेती लाई कन्द्रा नदीको बाढीले नोक्सान गर्छ।

रुपा चौधरी हप्ताको शानिवार नमुना कृषक पाठशालामा आउछिन । उनि कृषक पाठशालाकी अध्यक्ष हुन उनि  भन्छिन हाम्रो जमिन कम छ  खान लाउन धेरै अप्ठेरो पर्छ । सधै धान रोप्छौ पुरानै तरिकाले लगानी धेरै लाग्छ  तर उत्पादन थोरै हुन्छ । नयां धान लगाउने तरिका आज फाया नेपाल बाट थाहा पायौं।

फाया नेपालले ड्यान चर्चएडको सहयोगमा सघन धान खेती प्रणाली जेष्ठ महिना देखि खैलाड गाबिस वार्ड नं ४ आखरपुमा पाठशालाको माध्यम बाट संचालन गरेको हो। २५ जनाको समुहमा हरेक शानिबार पाठशाला चल्दछ, ३ घण्टाको पाठशालामा धानखेतीको बारेमा सम्पुर्ण कुराको छलफल चल्ने गर्छ।

३० से.मी.को दुरीमा लाईनमा एउटा धान रोप्यौं ५,६ वटा धानको बिरुवा त्यसमा पनि बाक्लो रोप्ने चलनमा बानी परेका हामी यो धान त रोप्यौ तर  के होला भन्ने लागेको थियो, गाउंलेहरुले पनि तिमीहरुले यो के गरेको भन्थे तर आज हरियो र गांज धेरै हालेको छ हामीलाई बिश्वास भयो हामी राम्रो काममा लागेका रहेछौ भन्छिन नमुना कृषक पाठशालाकी सहभागी आशा देबी चौधरी ।

आशालाई मात्र होइन पाठशालाका सबैलाई त्यस्तै लाग्थ्यो हिमलाली चौधरी भन्छिन बिउ पनि कम लाग्ने मल पनि कम हाल्नु पर्ने थोरै जमिन हुनेले मिहिनेत गर्नेहो भने धेरै धान फलाउन सकिने रहेछ भन्ने कुरा थाहा पाईयो र हामी आफ्नो खेतमा यो बिधी प्रयोग गरी धान रोप्छौं र धेरै धान फलाउछौ ।

पांच कट्ठामा फाया नेपाल द्धारा समुहमार्फतसंचालन गरिएको यो एस. आर. आई धान खेती बिधीले खैलाड बासी लाई उत्साह थपेको छ।

blog post
31-Dec-2012

केन्द्रको प्रयासले सिता खुसी भईन

दार्चुला जिल्लाबाट धनगढी झरेकी सिता धामी (धनगढी १, शान्तिनगर) धेरै लामो प्रयास पछी कानुनी उपचार प्राप्त गर्न सकेकोमा खुशी छिन।

उनका श्रीमानले जागीरकको (प्रहरी) शिलसिलामा दार्चुलामा कार्यरत रहदो दोस्रो विवाह गरे। दोस्रो विवाह गरे पछि सितालाई हेला गर्नु, उनि र ३ जना छोरा छोरी समेतको गास बॉसको लागि कुनै वास्ता नगरी अनेक शारीरिक र मानसीक यातना दिन थाले साथै सम्र्पकमा आउनै छाडे।त्यो समय उनको जिवनको सैबभन्दा अप्ठेरो समय  थियो।सिताका श्रीमान पुर्व सुरक्षा कर्मी हुन। उनले त्यो अफठ्यारा क्षणमा मेहनत र मजदुरी गरेर जिविकोपार्जन  गर्दै  आफ्नो पेट काटेर भए पनि छोरा छोरी पढाउने काम गरिन।

 श्रीमानले गरेको अन्यायको बिरुद्ध न्यायको खोजि गर्दै २०६४ साल असारमा उनले एकल महिला समुहकी अध्यक्ष टिकेश्वरी हमाललाई गुहारीन, अध्यक्ष हमालको सहयोगले उनलाई श्रीमान् बाट आधा तलब दिने र मिलेर बस्ने सहमति गराइयो।३ बर्ष सम्म उनका श्रीमानले सहमतिको पालना गरे पनि त्यस पछि चासो राख्न छोडे।सहयोगी हात नभएका कारण उनी चुप  लागेर बसी रहीन।यसै क्रममा २०६९ पुसमा धनगढी नगर पालिका १, शान्तिनगरमा फाया नेपाल र अक्सफामको साझेदारीमा संचालीत शहरी जोखिम ब्यवस्थापन परियोजना अन्र्तगत महिला सशक्तिकरण केन्द« स्थापना भयो। महिला सशक्तिकरण केन्द«का लागि सदस्य छनौट गर्ने क्रममा उनी पनी पर्न गईन्।एक हप्ता कक्षामा उपस्थित भएपछि उनले त्यँहा घरेलु हिंसा, महिला अधिकारबारे छलफल भएको पाउदा एकदमै खुसी भइन् र दोस्रो हप्ताको कक्षामा आफ्ना समस्या पनि राखिन।उनका समस्यालाई सहजकर्ता सपना भण्डारको सहजीकरण र केन्द्रका सदस्यहरुको सहयोगले २०६९ पुस १८ गते श्रीमान बिरुद्ध आधा सुविधा पाउ भनी जिल्ला प्रहरी कार्यलय (महिला सेल) मा धनगढीमा निवेदन दर्ता गराइयो ।

 प्रहरी कार्यालयमा भएको छलफल र सहमती अनुसार श्रीमानले पाउने उपदानबाट तत्काल रु १,६०,०००।पाउन सफल  भएकी छिन अन्य कुराको हकमा कानुन बमोजिम हुनेछ ।न्याय पाएकोमा खुसी हुदै उनी भन्छिन् महिला सशक्तिकरण केन्द« नभएको भए मैले र मेरा छोरा छोरीले कहिल्यै न्याय पाउने थिएनौ, पाएको पैसाले सानो पसल खोली जिविकोपार्जनको  योजना बनाएको छु

blog post
30-Nov-2024

Breaking the Silence: Step towards a healthier, more informed community

Reproductive health problems are widely prevalent but highly stigmatized issues across Nepal, and Chure Rural Municipality is no exception.